महको बजारीकरणका लागि ‘मह महोत्सव’ हुने
▸ यस स्टोरीको अंश: नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको फार्म मूल्य प्रति क्रेट १५ देखि २५ रुपैयाँसम्म वृद्धि गर्यो
दाङको घोराहीमा पहिलो पटक ‘मह महोत्सव-२०८२’ हुने भएको छ। नेपाल मौरी पालक महासंघ दाङको आयोजना तथा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ, दाङको प्राविधिक सहयोगमा यहि जेठ १३, १४ र १५ गते तीन दिन महोत्सव हुन लागेको हो। महोत्सवमार्फत् स्थानीयस्तरमा उत्पादन हुने महको प्रचारप्रसार, उपभोक्तालाई महको महत्वका बारेमा जानकारी तथा मौरीपालन व्यवसायका क्षेत्रमा देखिएका समस्या र सम्भावनालगायतका विषयमा छलफल गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›