हिरासतमा मृत्यु प्रकरणमा एसपीसहित १० जना प्रहरीलाई कारबाहीको सिफारिस

यस स्टोरीको अंश: सिन्धुली हिरासत मृत्यु प्रकरण: १० प्रहरीलाई कारबाही सिफारिस
baahrakhari.com · 2 दिन अघि

इलाका प्रहरी कार्यालय खुर्कोट, सिन्धुलीको हिरासत कक्षमा थुनुवाको मृत्यु भएको घटनामा प्रहरी उपरीक्षकदेखि प्रहरी जवानसम्म गरी १० जना प्रहरी कर्मचारीलाई कारबाही सिफारिस गरिएको छ । प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्य नेतृत्वको छानबिन समितिले उनीहरूलाई कारबाहीको लागि सिफारिस गरेको हो । हिरासत कक्षमा रहेका २३ वर्षीय श्रीकृष्ण विकको मृत्यु भएको घटनाको छानबिनका क्रममा यो सिफारिस गरिएको हो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू