गुल्मीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
▸ यस स्टोरीको अंश: गुल्मीमा मोटरसाइकल दुर्घटनामा चालकसहित दुईको मृत्यु
गुल्मीको कालीगण्डकी करिडोरअन्तर्गत रुद्रवेणी–पुर्तिघाट सडकखण्डमा आइतबार राति मोटरसाइकल दुर्घटना हुँदा स्याङ्जाका लक्ष्मण थापा र गिरमान सिंह रानाको मृत्यु भएको छ। सत्यवती गाउँपालिका–१ ठूलाबगर छल्दीस्थित सडकबाट करिब तीन मिटर तल खसेको लु३६प ३६२७ नम्बरको मोटरसाइकल दुर्घटनामा परी घाइते भएका दुवैको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र रिडीमा मृत्यु भएको हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›