भूकम्प प्रभावितको पुनर्निर्माणमा सरकार उदासिन भएको सांसद शर्माको आरोप, तत्काल अनुदान उपलब्ध गराउन माग
▸ यस स्टोरीको अंश: सांसद शर्माद्वारा भूकम्प प्रभावितको पुनर्निर्माणमा सरकार उदासिन रहेको आरोप, अनुदान माग
सांसद गोपाल शर्माले भूकम्प प्रभावित क्षेत्रका नागरिकको सुरक्षित आवासका लागि सरकार गम्भीर नभएको भन्दै प्रतिनिधि सभामा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । उहाँले २०८० कात्तिकमा जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण रुकुम पश्चिम लगायतका जिल्लाका हजारौँ नागरिक अझै अस्थायी छाप्रोमा बसिरहेको जानकारी गराउँदै सरकार गैरजिम्मेवार बनेको आरोप लगाउनुभयो । सांसद शर्माले डीभीए भएका घरहरूको सम्झौता तत्काल अघि बढाउन र बाँकी घरहरूको पुनः मूल्याङ्कन गरी अनुदान उपलब्ध गराउन माग गर्नुभयो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›