जलजलामा ‘गोठस्टे’ सञ्चालन
▸ यस स्टोरीको अंश: म्याग्दीको जलजला क्षेत्रमा पर्यटन प्रवर्धन र वन्यजन्तु संरक्षणमा जोड
म्याग्दीको धौलागिरि गाउँपालिका–२ मा रहेको पर्यटकीयस्थल जलजलामा पर्यटकको सुविधाका लागि ‘गोठस्टे’ (गोठबास) सञ्चालन भएको छ । समुद्री सतहदेखि तीन हजार ४१४ मिटर उचाइमा रहेको जलजला घुम्न आउने पर्यटकलाई खाने बस्ने सुविधाका लागि स्थानीय पशुपालक किसानहरुले गोठबास सञ्चालन गरेका हुन् । ढोरपाटन शिकार आरक्षको नीतिगत व्यवस्थाका कारण पक्की संरचना बनाउन नमिल्ने भएपछि गोठमा पर्यटक राख्ने नयाँ अवधारणा अघि सारिएको हो ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित