अन्नसँग तरकारी साट्ने परम्परा अझै कायम

यस स्टोरीको अंश: कञ्चनपुरमा महिलाले अन्नसँग तरकारी साट्ने परम्परा कायमै
www.reportersnepal.com · 1 दिन अघि

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीकी मीना चौधरी बिहानै टाउकोमा तरकारीको टोकरी बोकेर गाउँगाउँ पुग्छन् र खेतबारीमा फलेका बोडी, काँक्रा, भिण्डी, लौका, फर्सी र तितेकरेलाजस्ता तरकारी गाउँघरका किसानसँग गहुँलगायत अन्न साटेर दिन्छन् । अहिले गाउँघरमा ताजा तरकारीको माग बढेकाले महिलाहरूले २० देखि ३५ किलोसम्म तरकारी टोकरीमा बोकेर बिक्रीका लागि लैजाने गर्छन् । कञ्चनपुरका ग्रामीण क्षेत्रमा तरकारीसँग अन्न साट्ने चलन नयाँ होइन, यो परम्परा धेरै पुरानो हो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू