घरजग्गा कारोबारमा आम्दानी लुकाएर १२३ करदाताले गरे ६७ करोड कर छली

यस स्टोरीको अंश: महालेखापरीक्षकको कार्यालयले १२३ करदाताद्वारा ६७ करोड कर छलीको छानबिन गर्न निर्देशन दियो
clickmandu.com · 1 हप्ता अघि

महालेखा परीक्षकको कार्यालयले घरजग्गा कारोबारमा आम्दानी लुकाएर अर्बौं कर छली भएको भन्दै छानविन गर्न सरकारलाई निर्देशन दिएको छ । १२३ करदाताले जग्गा बिक्रीबाट भएको अर्बौं रुपैयाँको आम्दानी लुकाएर कर छली गरेको पाइएको छ । उनीहरूले कुल ३ अर्ब ९७ करोड ६१ लाख रुपैयाँ बराबरको जग्गा बिक्री गरेको देखिए पनि आय विवरणमा समावेश नगरेको भन्दै ६७ करोड ७८ लाख २४ हजार रुपैयाँ कर निर्धारण गरी असुल गर्नुपर्ने प्रतिवेदनले औंल्याएको छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू