लेक लागेर बिरामी परेका एक जनाको हेलिकप्टरमार्फत उद्धार
▸ यस स्टोरीको अंश: डोल्पामा लेक लागेर बिरामी परेका व्यक्तिको हेलिकप्टरमार्फत उद्धार
हिमाली जिल्ला डोल्पाको माथिल्लो क्षेत्रबाट लेक लागेर बिमारी परेका एक जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । शे-फोक्सुण्डो गाउँपालिका-३ साल्दाङमा लेक लागेर बिरामी भएका बर्दियाका अन्दाजी ३० वर्षीय चन्द्रबहादुर चौधरीलाई उद्धार गरी प्रदेश अस्पताल सुर्खेत पठाइएको छ । स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि गाउँपालिका अध्यक्षको समन्वयमा उद्धार गरिएको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›