जनमुखी सेवा र सुशासनमार्फत समृद्धिको लक्ष्य भेटाउनु आजको आवश्यकता: राष्ट्रपति पौडेल
▸ यस स्टोरीको अंश: राष्ट्रपति पौडेलद्वारा गणतन्त्र दिवसको शुभकामना: सुशासन, विकास र समृद्धिको लक्ष्य प्राप्ति आजको राष्ट्रिय आवश्यकता
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट उत्तरदायी र जनमुखी सेवा प्रवाहलाई सुदृढ बनाउँदै सुशासन, विकास र समृद्धिको लक्ष्य प्राप्ति गर्नु आजको मुख्य राष्ट्रिय आवश्यकता भएको बताएका छन्। १९औँ गणतन्त्र दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास हासिल गर्न राज्यका सबै तहका सरकार, निजी क्षेत्र र नागरिक समाजबीच बलियो सहकार्य हुनुपर्नेमा जोड दिएका छन्।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित