गर्भवतीको हेलिकप्टरमार्फत उद्धार
▸ यस स्टोरीको अंश: बाजुराबाट हुम्लाकी गर्भवतीको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार
बाजुराको बुढीनन्दा नगरपालिकाको कोल्टीस्थित कोल्टी आधारभूत अस्पतालमा सुत्केरी हुन आएकी हुम्लाकी एक जना गर्भवतीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। हुम्लाको सर्केगाड गाउँपालिका-१ की १९ वर्षीया ललिता नेपाली छ दिनदेखि सुत्केरी व्याथा लागेर बच्चा जन्मिन नसकेपछि उनलाई सेनाको हेलिकप्टरमार्फत उद्धार गरी कर्णाली प्रादेशिक अस्पताल सुर्खेत पठाइएको छ। गर्भवतीको स्वास्थ्य अवस्था जटिल बनेपछि तत्काल उद्धार गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›