त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि ४३ जनाको दरखास्त स्वीकृत, अरूमा कति ?
▸ यस स्टोरीको अंश: आठ विश्वविद्यालयका उपकुलपति पदका लागि २१८ आवेदनमध्ये १८८ स्वीकृतविभिन्न विश्वविद्यालयका रिक्त उपकुलपति नियुक्तिका लागि गठित समितिले माग गरेको दरखास्तमा परेका आवेदकमध्येबाट स्वीकृत उमेदवारको सूची सार्वजनिक गरेको छ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि ४३, पूर्वाञ्चल विश्वविद्यालयका लागि ३४, पोखरा विश्वविद्यालयका लागि ३३, लुम्बिनी बौद्ध विश्वविद्यालयका लागि १३, कृषि तथा वन विश्वविद्यालयका लागि १३, मध्यपश्चिम विश्वविद्यालयका लागि १७, सुदूरपश्चिम विश्वविद्यालयका लागि १८ र राजर्षि जनक विश्वविद्यालयका लागि २१ जनाको दरखास्त स्वीकृत भएको छ । सबै विश्वविद्यालयका लागि प्राप्त २१८ उमेदवारले आवेदन दिएकामा १९९ उमेदवार प्रतिस्पर्धाका लागि योग्य भएका हुन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›