मिटरब्याज पीडितले जेठ १९ गते धनुषा जिल्ला अदालत घेराउ गर्ने
▸ यस स्टोरीको अंश: मिटरब्याज पीडितहरूले जेठ १९ गते धनुषा जिल्ला अदालत घेराउ गर्ने घोषणा
मिटरब्याज पीडितहरूले यही जेठ १९ गते धनुषा जिल्ला अदालत घेराउ गर्ने घोषणा गरेका छन्। जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन, नेपाल मिथिला कमाण्डले आगामी मंगलबार शान्तिपूर्ण रूपमा अदालत घेराउ गरिने बताएको छ। पीडितहरू विगत १२ दिनदेखि आन्दोलनरत भए पनि राज्य पक्षले मागप्रति गम्भीरता नदेखाएको आरोप लगाइएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›