रिट दर्ता गर्न आदेशपछि सर्वोच्च प्रशासनमा हलचल, कार्यकक्ष छाडेर बाहिरिए कर्मचारी
▸ यस स्टोरीको अंश: सर्वोच्चमा विवाद: कामु प्रधानन्यायाधीशको आदेश अवज्ञा, कर्मचारीद्वारा कार्यकक्ष छाडेको दाबी
प्रधानन्यायाधीश सिफारिससम्बन्धी विवादमा दरपीठ गरिएका रिट निवेदन दर्ता गर्न कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले आदेश दिएपछि सर्वोच्च अदालत प्रशासनमा हलचल देखिएको छ । आदेशपछि केही कर्मचारीले कार्यकक्ष छाडेको बताइएको छ । प्रधानन्यायाधीशमा चौथो वरीयताका न्यायाधीश डा. मनोजकुमार शर्मालाई सिफारिस गरिएको विषयविरुद्ध दायर रिट सर्वोच्च अदालत प्रशासनले दर्ता गर्न अस्वीकार गरेपछि कानुन व्यवसायीहरूले आपत्ति जनाउँदै आएका थिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›