शैक्षिक अवस्था सुधार्न शिक्षकलाई झोला, डायरी र कलम
▸ यस स्टोरीको अंश: चौदण्डीगढी नगरपालिकाले शिक्षकलाई झोला, डायरी र कलम वितरण गरी शैक्षिक गुणस्तर सुधारको अभ्यास सुरु
उदयपुरको चौदण्डीगढी नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले शिक्षकलाई नै केन्द्रमा राखेर नयाँ अभ्यास सुरु गरेको छ । नगरपालिकाले नगरभित्रका ४५ वटा सामुदायिक विद्यालयमा कार्यरत ४ सय ५९ जना शिक्षक तथा कर्मचारीलाई झोला, डायरी र डटपेन वितरण गरेको हो । “गुणस्तरीय शिक्षा हाम्रो अभियान, शैक्षिक सामग्री सहित बालबालिकाको उज्यालो भविष्य निर्माण” भन्ने नारासहित सञ्चालन गरिएको कार्यक्रममा वितरण गरिएको झोलामा “शिक्षकको सिर्जनशीलता, विद्यार्थीको सफलता” भन्ने सन्देश पनि समेटिएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित