हेटौंडा–पथलैया खण्डको बस्तीमा डोजर चल्यो, ७० बढी होटल व्यवसायी विस्थापित

यस स्टोरीको अंश: हेटौंडा–पथलैया सडकखण्डको बस्तीमा डोजर चल्यो, ७० भन्दा बढी होटल व्यवसायी विस्थापित
www.pardafas.com · 1 हप्ता अघि

त्रिभुवन राजपथको हेटौंडा–पथलैया खण्डमा पर्ने तीन नम्बर पुल नजिकको बस्ती डिभिजन वन कार्यालय बाराले डोजर लगाएर खाली गराएको छ । पर्सा राष्ट्रिय निकुञ्ज र डिभिजन सडक कार्यालय हेटौंडाको सहयोगमा सुरक्षाकर्मीसहित पुगेको टोलीले घरटहरा र पसलहरू भत्काएको हो । डिभिजन वन कार्यालय बाराका प्रमुख सुजित कुमार झाले उक्त बस्ती वन तथा निकुञ्जको संरक्षित क्षेत्रभित्र परेकाले हटाउनुपरेको जानकारी दिए । यसअघि पटक–पटक सूचना गर्दा पनि अटेर गरेपछि डोजर चलाइएको कार्यालयको दाबी छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू