सर्वोच्चले सच्यायो आफ्नै निर्णय, उपत्यकाका नदी किनारमा निर्माण गर्दा पुरानै दूरी कायम
▸ यस स्टोरीको अंश: पूर्वमन्त्री गुप्ता ५० लाख धरौटीमा थुनामुक्त, सर्वोच्चले सच्यायो नदी किनार निर्माण मापदण्ड
सर्वोच्च अदालतले काठमाडौं उपत्यकाभित्रका नदी तथा खोलाको किनारमा निर्माण अनुमति सम्बन्धी यसअघिको आदेश संशोधन गरेको छ। अदालतको पूर्ण इजलासले पहिले कायम गरिएको मापदण्डलाई नै लागू गर्नुपर्ने निर्णय गर्दै अतिरिक्त २० मिटर खाली राख्नुपर्ने व्यवस्था खारेज गरेको हो। न्यायाधीशहरू सुनिलकुमार पोखरेल, बालकृष्ण ढकाल र नृपध्वज निरौलाको पूर्ण इजलासले २०६५ साल मंसिर १ गते तय गरिएको मापदण्ड यथावत् रहने आदेश दिएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित