जग्गाधनी प्रमाणपत्रबाट पाँच करोड ७९ लाख ३० हजार राजस्व संकलन
▸ यस स्टोरीको अंश: बाँकेमा जग्गाधनी प्रमाणपूर्जा वितरणबाट पाँच करोड ७९ लाख राजस्व संकलनबाँकेमा भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई जग्गाधनी प्रमाणपूर्जा वितरणबाट रु पाँच करोड बढी राजस्व संकलन भएको छ। कोहलपुर नगरपालिका र राप्तीसोनारी गाउँपालिकामा रहेका १२५ भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासी र ६८१ अन्य अव्यवस्थित बसोबासी गरी हालसम्म ८०६ जनालाई जग्गाधनी प्रमाणपत्र वितरण गर्दा रु पाँच करोड ७९ लाख ३० हजार ३०९ राजस्व संकलन भएको भूमि समस्या समाधान आयोग जिल्ला समितिका निवर्तमान अध्यक्ष घननाथ खनालले बताए।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›