इभी सवारी साधनको मोटर क्षमताबारे नाडाको यस्तो धारणा
▸ यस स्टोरीको अंश: विद्युतीय सवारी साधनको मोटर क्षमताबारे स्पष्ट मापदण्ड बनाउन नाइमाको सरकारसँग मागनाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपालले इभी सवारी साधनको मोटर क्षमताबारे धारणा सार्वजनिक गरेको छ। नाडाका अनुसार नेपालमा आयात हुने इभीहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा मान्यताप्राप्त टेस्टिङ एजेन्सीहरू जारी गरेका आधिरकारिक प्राविधिक विवरण, परीक्षण प्रतिवेदन तथा प्रमाणीकरण प्रक्रियाको आधारमा मात्रै आयात हुँदै आएका छन्। नेपालका इभी व्यवसायीहरूले प्रचलित कानुन, कर तथा भन्सार सम्बन्धी व्यवस्थाको पूर्ण पालना गर्दै पारदर्शी र जिम्मेवार ढंगले व्यवसाय सञ्चालन गरिरहेको भन्दै पर्याप्त प्रमाण, प्राविधिक परीक्षण तथा आधिकारिक निष्कर्षबिना व्यवसायीहरूमाथि ‘कर छली’ वा ‘अनियमितता जस्ता आरोप न्यायोचित नहुने नाडाले बताएको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›