२३-२४ जेठमा ‘राष्ट्रिय एआई ह्याकाथन’ आयोजना हुँदै, शार्क ट्याङ्क शैलीमा लगानी खोज्ने अवसर
▸ यस स्टोरीको अंश: ओपनएआईले एआईद्वारा सिर्जित तस्बिरहरू पहिचान गर्न नयाँ मापदण्ड अपनाउने
कोडदृष्टि सफ्टवेयर प्रालिले आगामी २३-२४ जेठमा ‘राष्ट्रिय एआई ह्याकाथन २०२६’ आयोजना गर्दैछ । ललितपुरको बालकुमारीस्थित नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआईटी) को परिसरमा हुने यो ३२ घण्टे प्रतिस्पर्धामा देशभरका २५० भन्दा बढी डेभलपर, अनुसन्धानकर्ता र उद्यमीहरूको सहभागिता रहनेछ । ह्याकाथनको मुख्य आकर्षण शार्क ट्याङ्क शैलीको इन्भेस्टर पिचिङ रहनेछ, जहाँ उत्कृष्ट टोलीले लगानीकर्ता सामु आफ्नो परियोजना प्रस्तुत गर्ने अवसर पाउनेछन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›