भृकुटीमण्डपमा ‘फिन इलेक्ट्रो-टेक २०२६’ आयोजना हुने, आधुनिक विद्युतीय प्रविधिको महाकुम्भ
▸ यस स्टोरीको अंश: ‘फिन इलेक्ट्रो–टेक २०२६’ प्रदर्शनी जेठ २२ देखि भृकुटीमण्डपमा आयोजना हुने
काठमाडौंको भृकुटीमण्डपमा जेठ २२ देखि २५ गतेसम्म अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी “फिन इलेक्ट्रो–टेक २०२६” आयोजना हुने भएको छ । विद्युत, इलेक्ट्रोनिक्स, सञ्चार, सूचना प्रविधि तथा वैकल्पिक ऊर्जा क्षेत्रलाई समेट्ने यो प्रदर्शनीले नेपालमा जलविद्युत उत्पादन र डिजिटल प्रविधिको बढ्दो प्रयोगसँगै सुरक्षित र गुणस्तरीय विद्युतीय सामग्रीको आवश्यकतालाई मध्यनजर गरेको छ । यस प्रदर्शनीले विद्युतीय उद्योगको विकास, स्वदेशी उत्पादनको प्रवद्र्धन र विदेशी प्रविधि तथा लगानी आकर्षणमा भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›