सार्बजनिक बसमा यात्रुको समान सुरक्षाको लागि ‘लगेज ट्याग’ प्रणाली लागू हुने
▸ यस स्टोरीको अंश: सार्वजनिक बसमा जेठ १५ देखि ‘लगेज ट्याग’ प्रणाली लागू हुने
काठमाडौं उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक सवारी साधनमा यात्रुको लगेज सुरक्षित बनाउन जेठ १५ गतेदेखि ‘लगेज ट्याग’ प्रणाली लागू गरिने भएको छ । यसका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र राष्ट्रिय यातायात व्यवसायी महासङ्घबीच सम्झौता भएको छ । यो प्रणालीले सामान हराउने, चोरी हुने तथा साटिने समस्या अन्त्य गर्ने विश्वास गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›