अडानी अमेरिकी जरिवानामा सहमत
▸ यस स्टोरीको अंश: गौतम अडानीले अमेरिकामा भ्रष्टाचार मुद्दामा जरिवाना तिर्न सहमति जनाएभारतीय अर्बपति उद्योगपति गौतम अडानीले अमेरिकामा लगाइएको भ्रष्टाचारसम्बन्धी दीवानी मुद्दा समाधान गर्न करोडौँ डलर जरिवाना तिर्न सहमति जनाएका छन् । न्युयोर्कमा सन् २०२४ को नोभेम्बरमा दर्ता गरिएको अभियोगमा अडानी र उनका केही निकट सहयोगीमाथि अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई जानाजानी भ्रममा पारेको आरोप लगाइएको थियो । अडानी ग्रीन एनर्जीले मुम्बई स्टक एक्सचेन्जलाई पठाएको पत्रअनुसार गौतम अडानी र उनका भतिजा सागर अडानीले संयुक्त रूपमा एक करोड ८० लाख अमेरिकी डलर बराबरको ‘नागरिक जरिवाना’ तिर्न सहमति जनाएका छन् ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›