सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किँदा स्कार्पियो जलेर नष्ट
▸ यस स्टोरीको अंश: सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किँदा स्कार्पियो जलेर नष्टधनगढीस्थित सेती प्रादेशिक अस्पताल परिसरमा अक्सिजन सिलिन्डर पड्किँदा लागेको आगलागीबाट पार्किङमा राखिएको स्कार्पियो जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार धनगढी उपमहानगरपालिका–५ निवासी ४० वर्षीय मुकुन्द जोशीको बा.प्र.०१–०२७ च ००७४ नम्बरको स्कार्पियो पूर्ण रूपमा जलेर नष्ट भएको हो । प्रहरीका अनुसार बिरामीका लागि गाडीमा जडान गरिएको अक्सिजन सिलिन्डर अचानक पड्किँदा आगलागी भएको थियो । घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित