राजनीतिक परिवर्तन मात्र पर्याप्त छैन, चरित्र र आचरणमा पनि सुधार आवश्यक : राष्ट्रपति पौडेल
▸ यस स्टोरीको अंश: राष्ट्रपति पौडेलद्वारा गणतन्त्र दिवसको शुभकामना: सुशासन, विकास र समृद्धिको लक्ष्य प्राप्ति आजको राष्ट्रिय आवश्यकता
राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक व्यवस्था र शासकीय संरचनामा हुने परिवर्तन मात्रले युगका अपेक्षा पूरा नहुने बताएका छन् । गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्चमा आयोजित विशेष समारोहमा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले राज्यसत्ताको चरित्र, राजनीतिक निष्ठा, आचरण र मूल्यमान्यतामा समेत गहिरो परिवर्तन आवश्यक रहेको धारणा व्यक्त गरे । उनले सुशासन, सार्वजनिक सेवा प्रवाह सुधार, आर्थिक पुनरुत्थान र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता सरकारका प्राथमिकता हुनुपर्ने बताए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित