१९औँ गणतन्त्र दिवसमा राष्ट्रपतिको सम्बोधन – गणतन्त्र राष्ट्र निर्माणको एक महान प्रेरणा र अभिभारा हो : राष्ट्रपति पौडेल

यस स्टोरीको अंश: राष्ट्रपति पौडेलद्वारा गणतन्त्र दिवसको शुभकामना: सुशासन, विकास र समृद्धिको लक्ष्य प्राप्ति आजको राष्ट्रिय आवश्यकता
newspolar.com · 14 घण्टा अघि

राष्ट्रपति रामचन्द्र पौडेलले १९औँ गणतन्त्र दिवसका अवसरमा गणतन्त्रले सम्पूर्ण राजनीतिक अधिकारको ग्यारेन्टी दिएको र यो राष्ट्र निर्माणको एक महान प्रेरणा र अभिभारा भएको बताउनुभएको छ । उहाँले गणतन्त्रलाई आचरणशील राजनीतिक, आर्थिक र सामाजिक जीवन पद्धतिका रूपमा व्याख्या गर्दै यसका मूल्यमान्यता र नैतिक दायराहरूलाई बिर्सिएर इतिहासको अभिभारा पूरा गर्न नसकिने बताउनुभयो । राष्ट्रपति पौडेलले मुलुकमा उत्पन्न विषम परिस्थितिको निकासका लागि प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भई बलियो जनादेशसहितको सरकार बनेको र यसले जनताको चाहनाअनुसार समृद्धिका लागि सुशासन, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान, भ्रष्टाचारविरुद्ध शुन्य सहनशीलता र सामाजिक उन्नतिलाई आफ्नो आधारभूत मार्गदर्शनका रुपमा अगाडि बढाउने निर्णय गरेको उल्लेख गर्नुभयो ।

पूरा लेख पढ्नुहोस् (5 मिनेट)

मिल्दाजुल्दा लेखहरू