आर्थिक सर्वेक्षण २०८२/८३ : कुल गार्हस्थ उत्पादनमा शिक्षा क्षेत्रको योगदान नौ दशमलव २२ प्रतिशत रहने अनुमान
▸ यस स्टोरीको अंश: चालु आर्थिक वर्षमा कुल गार्हस्थ उत्पादनमा शिक्षा क्षेत्रको योगदान ९.२२ प्रतिशत रहने अनुमान
चालु आर्थिक वर्षमा कुल गार्हस्थ उत्पादनमा शिक्षा क्षेत्रको योगदान नौ दशमलव २२ प्रतिशत अनुमान रहेको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बुधबार सदनमा पेस गर्नुभएको आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षणमा पछिल्लो दशकमा कुल गार्हस्थ उत्पादनमा यस क्षेत्रको योगदान वार्षिक औसत आठ दशमलव प्रतिशत र वृद्धिदर चार दशमलव १६ प्रतिशत रहेको छ । सर्वेक्षणमा सरकारी शैक्षिक संस्थामा विद्यार्थी सङ्ख्या घटेको, निजी शैक्षिक संस्थामा विद्यार्थी सङ्ख्या न्यून भएको तथा शिक्षा क्षेत्रमा खर्चसमेत कमी आएकाले चालु आवमा यस क्षेत्रको कुल मूल्य अभिवृद्धि एक दशमलव ५० प्रतिशतले मात्र बढ्ने अनुमान गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित