आर्थिक सर्वेक्षण २०८२/८३ः गरिबी घट्यो, आयु बढ्यो, कृषि क्षेत्र सुस्त
▸ यस स्टोरीको अंश: आर्थिक सर्वेक्षण २०८२/८३: अर्थतन्त्रमा सकारात्मक संकेत, संरचनागत चुनौती कायमै
सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार नेपालमा निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसंख्या घटेर २०.२७ प्रतिशतमा पुगेको छ । बहुआयामिक गरिबी पनि घटेर १७.४ प्रतिशतमा सीमित भएको छ । स्वास्थ्य सेवामा सुधारसँगै नेपालीहरूको औसत आयु ७१.३ वर्ष पुगेको छ । बुधवार संघीय संसद्मा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको सर्वेक्षणले शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, ऊर्जा, बैंकिङ तथा पूर्वाधार क्षेत्रमा सुधार देखिए पनि कृषि क्षेत्रमा भने सुस्तता आएको देखाएको छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित