लोकतान्त्रिक मूल्य मान्यताको संरक्षण गर्न सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री शाह

यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन शाहद्वारा ईयू राजदूतहरूसँग भेटवार्ता: जीवनस्तर उकास्ने र सुशासन कायम गर्ने प्रतिबद्धता
nepaltvonline.com · 1 दिन अघि

प्रधानमन्त्री बालेन्द्र शाहले लोकतान्त्रिक मूल्य मान्यताको संरक्षण र राजनीतिक स्थिरता कायम गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। युरोपेली सङ्घ (इयू)का सदस्य राष्ट्रका राजदूत तथा काठमाडौँस्थित अन्य मुलुकका राजदूतहरूसँगको भेटमा उनले नेपालको नीति स्पष्ट, स्थिर र अनुमानयोग्य हुने तथा नीतिगत निरन्तरता रहने उल्लेख गरे। प्रधानमन्त्री शाहले नेपाल सन्तुलित र व्यावहारिक विदेश नीतिको अवलम्बनलाई निरन्तरता दिने र छिमेकी तथा विकास साझेदार राष्ट्रहरूसँगको सम्बन्ध आपसी सम्मानमा आधारित हुने स्पष्ट पारे।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू