‘समुन्नत समाज निर्माण गरौँ’
▸ यस स्टोरीको अंश: राष्ट्रपति पौडेलद्वारा गणतन्त्र दिवसको शुभकामना: सुशासन, विकास र समृद्धिको लक्ष्य प्राप्ति आजको राष्ट्रिय आवश्यकता
राष्ट्रपति रामचन्द्र पौडेलले सभ्य, सुसंस्कृत तथा समुन्नत समाज निर्माण गर्न आआफ्नो क्षेत्रबाट योगदान पु¥याउन राजनीतिक दल, नागरिक समाज तथा सम्बद्ध सबैमा आह्वान गर्नुभएको छ । १९ औँ गणतन्त्र दिवसका अवसरमा शुभकामना दिनुहुँदै राष्ट्रपति पौडेलले मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय हित र स्वाभिमानलाई अक्षुण्ण राखी दिगो, फराकिलो र समन्यायिक आर्थिक वृद्धि हासिल होस् भन्ने कामनासमेत गर्नुभएको छ । यसैबिच उपराष्ट्रपति रामसहायप्रसाद यादवले गणतन्त्र दिवसका अवसरमा शुभकामना दिँदै लोकतन्त्र, सङ्घीयता, समावेशिता र संविधानका महान् उपलब्धिको रक्षा गर्दै राष्ट्रिय एकता र अखण्डतालाई सबल बनाउन यस दिवसले सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित