गणतन्त्र दिवसमा राष्ट्रपतिको सन्देश : बेथिति अन्त्य नगरे परिवर्तन पुष्टि हुँदैन

यस स्टोरीको अंश: राष्ट्रपति पौडेलद्वारा गणतन्त्र दिवसको शुभकामना: सुशासन, विकास र समृद्धिको लक्ष्य प्राप्ति आजको राष्ट्रिय आवश्यकता
pahichan.com · 14 घण्टा अघि

राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्रले सम्पूर्ण राजनीतिक अधिकारको ग्यारेन्टी दिएको र यो राष्ट्र निर्माणको एक महान् प्रेरणा र अभिभारा भएको बताएका छन्। उनले गणतन्त्रको मर्यादालाई बचाउन र यसलाई अझ समृद्ध बनाउन सबै राजनीतिक निष्ठा, मूल्यमान्यता एवम् आचरणमा परिवर्तनसहित एकताबद्ध भएर लाग्ने आशा व्यक्त गरे। मुलुकमा उत्पन्न विषम परिस्थितिको निकासका लागि भएको प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएर बलियो जनादेशसहितको सरकार बनेको उल्लेख गर्दै उनले जनताको चाहनाअनुसार समृद्धिका लागि सुशासन, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता र सामाजिक उन्नतिलाई आधारभूत मार्गदर्शनका रूपमा अगाडि बढाउने निर्णय गरिएको बताए।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू