प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग गरी कर्मचारीलाई धम्की दिने २२ वर्षीय युवक पक्राउ
▸ यस स्टोरीको अंश: प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग गरी वडा सचिवलाई धम्की दिने प्रकाश खड्का पक्राउप्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग गरी राष्ट्रसेवक कर्मचारीलाई धम्क्याउने व्यक्तिमाथि कारबाही प्रक्रिया अघि बढाइएको जनाएको छ । दैलेखको दुल्लु नगरपालिका–१३ का वडा सचिव कमल भण्डारीलाई प्रधानमन्त्री कार्यालयको नाम लिएर धाकधम्की दिएको अडियो सार्वजनिक भएपछि कार्यालयले गम्भीर ध्यानाकर्षण जनाएको हो । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका–६ वीरेन्द्रचोक टोल घर भई हाल काठमाडौँको शंखमुलमा बस्ने २२ वर्षीय प्रकाश खड्काले कार्यालयको नाम दुरुपयोग गर्दै राष्ट्रसेवक कर्मचारीलाई भय र त्रास सिर्जना गर्ने, अमर्यादित शब्द प्रयोग गर्ने तथा धम्क्याउने कार्य गरेका थिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›