‘प्रधानमन्त्रीको नाम लिँदै नाजायज दबाब दिए जानकारी गराउनू’
▸ यस स्टोरीको अंश: प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग गरी वडा सचिवलाई धम्की दिने प्रकाश खड्का पक्राउ
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को नाम लिँदै कोही व्यक्तिले आफ्नो निजी स्वार्थपूर्तिका निम्ति धाकधम्की दिने, 'बार्गेनिङ' वा नाजायज दबाब सिर्जना गर्ने कार्य गरेमा त्यस्ता भ्रममा नपर्न आग्रह गरिएको छ । यस्तो कार्य कसैले गरेमा तत्काल जानकारी गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अपिल गरेको छ । दैलेखको दुल्लु नगरपालिका–१३ का वडासचिव कमल भण्डारीलाई प्रकाश खड्का भनिएका व्यक्तिले फोन गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरुपयोग गर्दै अत्यन्तै अभद्र भाषामा धाकधम्की दिएको अडियो रेकर्डप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›