जेनजी आन्दोलनमा नेपाल प्रहरीको नक्कली फेसबुक पेज बनाईएको खुलासा
▸ यस स्टोरीको अंश: प्रभु बैंकका सीईओसहित उच्च अधिकारीहरूविरुद्ध ठगीको जाहेरी
२०८२ साल भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा नेपाल प्रहरीको नक्कली फेसबुक पेज बनाई सो पेज मार्फत जेनजी समूहलाई प्रदर्शनमा सहभागी हुन आव्हान गरेको खुलासा भएको छ। उक्त पेजमार्फत विद्यार्थी पोसाकमा आएमा नेपाल प्रहरीले बल प्रयोग गर्न नसक्ने हुनाले सबैजना विद्यालय पोसाकमा आउनु भनी आव्हान गरेको पाइएको छ। नेपाल प्रहरीको सो नक्कली फेसबुक पेजले प्रदर्शनकारीहरूमा भ्रमपूर्ण सामाग्री सामाजिक सञ्जालमा प्रसारित गरी योजनाबद्ध रूपमा विद्यार्थीलाई प्रदर्शनमा सहभागी गराई मानव ढाल बनाउन खोजेको देखिएको आयोगले भनेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित