राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’
▸ यस स्टोरीको अंश: सांसदहरूले हत्या, हिंसा र सम्पदा चोरी बढेको भन्दै चिन्ता व्यक्त गरे
राष्ट्रियसभाको शून्य समयमा सांसद गोमादेवी तिमिल्सिनाले पछिल्लो समय हत्या, हिंसा, लुटपाट, डकैतीजस्ता घटना बढ्दै गएको उल्लेख गर्दै सरकारसँग सुरक्षाको सुनिश्चितता गर्न आग्रह गरेकी छन्। सांसद दुर्गा गुरुङले १३२ केभी प्रसारण लाइनको टावर हुरीबतासले लडाएपछि सुर्खेतलगायत आसपासको क्षेत्रमा न्यून भोल्टेजको समस्या समाधान गर्न पहल गर्न माग गरिन्। सांसद नारायणदत्त मिश्रले न्यायपालिकालाई स्वतन्त्र र निष्पक्ष रहन दिनुपर्ने, सांसद भुवनबहादुर सुनारले सुकुम्बासी समस्या जतिसक्दो चाँडो समाधान गर्नुपर्ने र सांसद सोनाम गेल्जेन शेर्पाले सोलुखुम्बु जिल्लामा रहेको जलविद्युत् आयोजना समयमै सम्पन्न गर्नुपर्ने बताए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›