फरार प्रतिवादी खोजी गर्दा ठूलो परिमाणमा अफिम बरामद !

यस स्टोरीको अंश: धादिङमा अफिम र हतियार बरामद, तीन जना पक्राउ
ghatanarabichar.com · 1 हप्ता अघि

धादिङ प्रहरीले फरार प्रतिवादीको खोजी अभियान चलाइरहेका बेला ठूलो परिमाणमा अवैध लागुऔषध अफिम र घरेलु हतियार बरामद गरेको छ । धादिङको दक्षिणी क्षेत्र बेनिघाट रोराङ गाउँपालिका-२, होवाङमा सञ्चालन गरिएको विशेष प्रहरी अपरेशनका क्रममा ५१ किलो ९ सय ८० ग्राम शुद्ध अफिमसहित तीन जना पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार फरार प्रतिवादीको खोजीका क्रममा उक्त क्षेत्रमा लागूऔषध कारोबार भइरहेको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय गजुरीबाट प्रहरी नायव उपरीक्षक सुरज कार्कीको नेतृत्वमा टोली परिचालन गरिएको थियो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू