स्याङ्जामा लागूऔषधसहित चार जना पक्राउ
▸ यस स्टोरीको अंश: लागूऔषध र हतियारसहित ६ जना पक्राउ, प्रहरीद्वारा अनुसन्धान जारी
स्याङ्जाको भीरकोट नगरपालिकामा लागूऔषधसहित चार जना पक्राउ परेका छन् । पक्राउ परेकाबाट ब्राउन सुगरजस्तो देखिने पदार्थसहित विभिन्न लागूऔषध, नगद र मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार सोमबार दिउँसो करिब २ बजेको समयमा लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनापछि प्रहरीले सञ्चालन गरेको विशेष अप्रेसनमा वडा प्रहरी कार्यालय वालिङ र प्रहरी चौकी दहथुमबाट खटिएको संयुक्त टोलीले भीरकोट नगरपालिका–२ क्षेत्रमा विशेष निगरानी तथा खोजतलास गरेको थियो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित