महिला आयोगको कार्यालय अब नारायणहिटीमा सर्ने
▸ यस स्टोरीको अंश: राष्ट्रिय सभामा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी
राष्ट्रिय महिला आयोगले नारायणहिटी दरबारस्थित साविक राहदानी विभागको भवनबाट सेवा प्रवाह गर्ने तयारी गरेको छ । आयोगका सदस्य एवं प्रवक्ता कृष्णकुमारी पौडेल खतिवडाका अनुसार आयोगको प्रशासनिक काम नारायणहिटीस्थित नयाँ भवनबाट सुरु भइसकेको छ भने एक साताभित्र सम्पूर्ण सेवा सञ्चालन गर्ने तयारी गरिएको छ । अहिले आयोगको ११४५ हेल्पलाइन सेवा र उजुरीसम्बन्धी काम भद्रकालीस्थित कार्यालयबाट सञ्चालन भइरहे पनि केही दिनभित्र ती सेवा नारायणहिटीबाटै सञ्चालन हुने बताइएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›