एमालेद्वारा विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता प्रदान, ओलीमाथि दबाब बढेको संकेत
▸ यस स्टोरीको अंश: पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा एमालेले पार्टी सदस्यता दिने निर्णय
नेकपा (एमाले)ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता प्रदान गरेको छ। भक्तपुरको गुन्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको सचिवालय बैठकले यसअघि केन्द्रीय समितिले गरेको निर्णय उल्ट्याउँदै भण्डारीलाई सदस्यता दिने निर्णय गरेको हो। एमाले केन्द्रीय समितिको २०८२ साउन ५–७ गतेको बैठकले भण्डारीको सदस्यता रोक्ने निर्णय गरेको थियो।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›