किसानलाई क्षेत्रफलका आधारमा रासायनिक मल वितरण गरिने
▸ यस स्टोरीको अंश: किसानलाई खेती गर्ने जमिनको क्षेत्रफलका आधारमा रासायनिक मल वितरण गरिने
कृषि, वन तथा पर्यावरण मन्त्रालयले किसानलाई वैज्ञानिक आधारमा रासायनिक मल वितरण गर्ने भएको छ । मन्त्रालयले धान खेती गर्ने कृषकलाई रासायनिक मल अभाव हुन नदिन उनीहरूको खेती गर्ने जमिनको क्षेत्रफल तथा उत्पादनको अनुपातमा मल उपलब्ध गराउन लागेको हो । करिब एक लाख ४५ हजार मेट्रिकटन रासायनिक मल मौज्दात रहेको जनाइएको छ । धान खेतीलाई दृष्टिगत गरी युरिया र डिएपी गरी ४० हजार मेट्रिकटन मल छिट्टै आयात गरिने प्रकृया अघि बढाइएको मन्त्रालयका सूचना अधिकारी लालकुमार श्रेष्ठले जानकारी दिए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित