कोरला नाकाबाट एक लाख २० हजार थान 'भेप' बरामद
▸ यस स्टोरीको अंश: मुस्ताङ भन्सारद्वारा कोरला नाकाबाट ५९२ कार्टुन विद्युतीय चुरोट बरामद
नेपाल–चीन उत्तरी सीमास्थित कोरला नाका (लोमान्थाङ-१, छोसेर न्हेचुङ) बाट मुस्ताङ भन्सार कार्यालयले ठूलो परिमाणमा अवैध विद्युतीय चुरोट (भेप) बरामद गरेको छ। भन्सार छलेर शङ्कास्पद रूपमा भित्र्याइएका दुई वटा मालवाहक कन्टेनरको खानतलासी गर्दा ५९२ कार्टुन भेप फेला परेको हो। कर्मचारी नभएको बेला भन्सार छलेर लोमान्थाङतर्फ आउँदै गरेको अवस्थामा गोप्य सूचनाका आधारमा भन्सार कार्यालय र सुरक्षा निकायको टोलीले ती कन्टेनरहरूलाई नियन्त्रणमा लिएको हो।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›