भेप प्रकरणमा शङ्कास्पद थप दुई व्यक्ति पक्राउ

यस स्टोरीको अंश: विद्युतीय चुरोट (भेप) तस्करी प्रकरणमा थप दुई पक्राउ, १६ करोडभन्दा बढीको सामान बरामद
lokaantar.com · 1 हप्ता अघि

नेपाल–चीन उत्तरी कोरलानाका हुँदै भन्सार छली गरी जोमसोमतर्फ ल्याइँदै गरेको विद्युतीय चुरोट (भेप) बरामद प्रकरणमा संलग्न थप दुई जना व्यक्तिसहित एक स्कार्पियो गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । भेप चोरी–पैठारीका लागि नक्कली कागजपत्र बनाउन सहयोग गरेको आशङ्कामा गाडीका चालक दीपेश गदाल र गाडीमा सवार रवीन्द्र दर्नाललाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ । यसअघि चीनबाट चोरी–पैठारी गरी नेपाल भित्र्याएका दुई वटा कन्टेनरमा लोड गरी ल्याएका विद्युतीय चुरोट (भेप) भन्सार छलेर जोमसोमतर्फ आउँदै गरेको अवस्थामा मुस्ताङ भन्सार कार्यालयका कर्मचारी र सुरक्षा निकायको संयुक्त टोलीले बरामद गरेको थियो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू