न्यायपालिकामा विचौलिया र अनियमिततामाथि शून्य सहनशीलता नीति लिन्छु- प्रधानन्यायाधीश शर्मा

यस स्टोरीको अंश: प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माले १८ महिनाभित्र मुद्दा टुङ्ग्याउने र सुनुवाइ प्रत्यक्ष प्रसारण गर्ने कार्ययोजना प्रस्तुत गरे
lokaantar.com · 1 हप्ता अघि

नवनियुक्त प्रधानन्यायाधीश डा. मनोज कुमार शर्माले न्यायपालिकाभित्र हुने अनियमितता, ढिलासुस्ती र विचौलिया प्रवृत्तिविरुद्ध ‘जिरो टोलरेन्स’ नीति अपनाउने घोषणा गरेका छन् । प्रधानन्यायाधीशको पदभार ग्रहण गरेपछि सञ्चारकर्मीसँगको सम्बोधनमा उनले न्यायपालिकाको स्वतन्त्रता, सुशासन र जनविश्वासलाई आफ्नो कार्यकालको मुख्य प्राथमिकता बनाउने बताएका हुन् । उनले न्यायिक क्षेत्रमा हुने अनियमितता, अपारदर्शिता तथा अवाञ्छित गतिविधिमाथि कडा नियन्त्रण गरिने उल्लेख गर्दै अदालतमा सक्रिय विचौलिया प्रवृत्तिको नियन्त्रणका लागि ठोस कदम चालिने बताए।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू