'एलिफेन्ट्स इन द फग' को उपलब्धिमा सरकारले भन्यो- राष्ट्रकै गौरवको विषय हो

यस स्टोरीको अंश: कान्समा नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ले जित्यो जुरी अवार्ड, राष्ट्रकै गौरव
www.setopati.com · 1 हप्ता अघि

सरकारले प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा प्रिमियर भएको चलचित्र 'एलिफेन्ट्स इन द फग' लाई बधाई दिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाद्धारा जारी सन्देशमा उक्त उपलब्धिले नेपाली चलचित्र क्षेत्रको क्षमता, सिर्जनशीलता तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मकतामा भएको उल्लेखनीय प्रगतिलाई उजागर गरेको उल्लेख गरिएको छ । सन्देशमा निर्देशक तथा लेखक अविनाश विक्रम शाह, निर्माता अनुप पौडेल, कलाकार पुष्पा थिङ लामालगायत सम्पूर्ण निर्माण टोलीलाई बधाई दिँदै नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न चलचित्रले योगदान पुर्‍याएको उल्लेख गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू