कान्समा ऐतिहासिक सफलता हासिल गरी स्वदेश फर्कियो ‘एलिफेन्ट्स इन द फग’ टोली, विमानस्थलमा भव्य स्वागत
▸ यस स्टोरीको अंश: कान्समा नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ले जित्यो जुरी अवार्ड, राष्ट्रकै गौरव
विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा ऐतिहासिक सफलता हासिल गरी स्वदेश फर्किएको नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ को टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ। निर्देशक अविनाशविक्रम शाह, निर्माता अनुप पौडेल र कलाकार पुष्पा थिङ लामासहितको टोलीलाई नौमती बाजा बजाउँदै फूलमाला र शुभकामनासहित स्वागत गरिएको हो। फिल्मले ‘अन सर्टेन रिगार्ड’ विधामा प्रतिष्ठित जुरी पुरस्कार र ‘बेस्ट साउन्ड क्रिएसन अवार्ड’ जित्दै नेपाली चलचित्र इतिहासमा नयाँ अध्याय थपेको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›