श्रममन्त्री–बैरो संघबीच निर्णायक वार्ता जेठ १९ मा, व्यवसायीलाई भ्रममा नपर्न अध्यक्ष गुरुङको आग्रह
▸ यस स्टोरीको अंश: कम्बोडियाले ६०२ नेपालीको जरिवाना मिनाहा गर्यो, ३०२ जना स्वदेश फर्कन बाँकी
वैदेशिक रोजगार क्षेत्रका समस्या समाधान, नीतिगत सुधार तथा व्यवसायीहरूको हकहितका विषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादव र बैरो संघबीच जेठ १९ गते निर्णायक वार्ता हुने भएको छ। संघभित्र केही समूहले नियोजित रूपमा कृत्रिम विवाद सिर्जना गरी वार्ता बिथोल्ने प्रयास गरेको भन्दै अध्यक्ष गुरुङले व्यवसायीहरूलाई भ्रम र हल्लाको पछि नलाग्न आग्रह गरेका छन्। संघले श्रममन्त्रीसमक्ष बुझाएको ज्ञापनपत्रमा ‘फ्री भिसा, फ्री टिकट’ नीतिको पुनरावलोकन, वास्तविक लागतअनुसार शुल्क संरचना निर्धारण, मागपत्र प्रमाणीकरण सहज बनाउने, विदेशस्थित श्रम सहचारीलाई प्रभावकारी बनाउने तथा विभागीय प्रक्रिया पारदर्शी र व्यवहारिक बनाउनुपर्ने माग राखेको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित