बक्यौता असुली र लेखापरीक्षणमा तीव्रता दिन सञ्चारमन्त्रीको निर्देशन
▸ यस स्टोरीको अंश: सञ्चारमन्त्री तिमिल्सिनाले बक्यौता असुली र लेखापरीक्षणमा तीव्रता दिन निर्देशन दिए
सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय मातहतका सञ्चार संस्थाहरूको वार्षिक लेखापरीक्षण चाँडो सम्पन्न गर्न तथा लामो समयदेखि उठ्न बाँकी बक्यौता रकम असुली प्रक्रियालाई तीव्रता दिन निर्देशन दिएका छन् । गोरखापत्र संस्थानको करिब रु ४१ करोड, सार्वजनिक सेवा प्रसारण नेपालको करिब रु ३५ करोड तथा राष्ट्रिय समाचार समितिको करिब रु एक करोड बक्यौता रकम उठ्न बाँकी छ । मन्त्री तिमिल्सिनाले बक्यौता नै नरहने गरी कारोबार प्रणाली विकास गर्नुपर्नेमा जोड दिए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›