मत्स्यनारायण मन्दिरमा पुरुषोत्तम मेला जारी, लाखौँ भक्तजनको घुइँचो
काठमाडौंको चन्द्रागिरी नगरपालिका–मच्छेगाउँस्थित मत्स्यनारायण मन्दिरमा एक महिने ‘पुरुषोत्तम मेला’ जारी रहेको छ । जेठ ३ गतेदेखि सुरु भएको पुरुषोत्तम मास (अधिक मास) मेलामा काठमाडौं उपत्यकासहित देशभरबाट लाखौँ श्रद्धालु भक्तजन भगवान नारायणको पूजा–आराधनाका लागि मन्दिर पुगिरहेका छन् । धार्मिक मान्यताअनुसार पुरुषोत्तम महिनामा भगवान नारायणको श्रद्धापूर्वक पूजा गरे सम्पूर्ण पाप नष्ट भई पुण्य प्राप्त हुने विश्वास रहेको मन्दिरका पूजारी शैलेश आचार्यले बताए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित