नारायणगढ-मुग्लिन सडकखण्डमा ‘लिडार स्पिड गन’ प्रयोग, तीव्र गतिमा चलाउने चालक कारबाहीमा
▸ यस स्टोरीको अंश: नारायणगढ-मुग्लिन सडकखण्डमा तीव्र गतिमा सवारी चलाउने चालक कारबाहीमा
दुर्घटना कम गर्ने उद्देश्यले नारायणगढ–मुग्लिन सडकखण्डमा ‘लिडार स्पिड गन’ प्रयोग गर्न थालिएको छ। जोखिमपूर्ण मानिएको रामनगर–जुगेडी क्षेत्रको जङ्गल आसपासमा दैनिक रूपमा जाँच अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरीले तीव्र गतिमा सवारी चलाउने चालकलाई नियन्त्रणमा लिन थालेको छ। पहिलो दिनमै मापदण्ड विपरीत तीव्र गतिमा सवारीसाधन चलाउने ६० भन्दा बढी सवारीसाधनका चालकलाई कारबाही गरिएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›