भूकम्प प्रभावितको पुनर्निर्माणमा सरकार उदासीन भएको आरोप, तत्काल अनुदान उपलब्ध गराउन माग
▸ यस स्टोरीको अंश: सांसद शर्माद्वारा भूकम्प प्रभावितको पुनर्निर्माणमा सरकार उदासिन रहेको आरोप, अनुदान माग
नेपाल कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्माले भूकम्प प्रभावित क्षेत्रका नागरिकको सुरक्षित आवासका लागि सरकार गम्भीर नभएको भन्दै प्रतिनिधि सभाको बैठकमा सरकारको ध्यानाकर्षण गराएका छन् । २०८० कात्तिकमा जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको विनाशकारी भूकम्पका कारण रुकुम पश्चिम, जाजरकोट, सल्यान, दैलेख लगायतका जिल्लाका हजारौँ नागरिक अझै पनि कष्टकर रूपमा अस्थायी छाप्रोमा बसिरहेकोतर्फ उनले सदनलाई जानकारी गराए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित