रौतहटमा शिक्षकमाथि कुटपिट : दोषीमाथि कारबाही नभए आन्दोलन गर्ने चेतावनी
▸ यस स्टोरीको अंश: रौतहटमा शिक्षक कुटपिट घटनामा दोषीमाथि कारबाहीको माग गर्दै शिक्षक संगठनद्वारा आन्दोलनको चेतावनी
बौधीमाई नगरपालिकास्थित शंकर माध्यमिक विद्यालयका शिक्षक रामबाबु यादवमाथि भएको दुर्व्यवहार तथा कुटपिट घटनाको विरोध गर्दै रौतहटका विभिन्न शिक्षक संगठनहरूले दोषीमाथि कडा कारबाहीको माग गरेका छन् । नेपाल शिक्षक महासंघ रौतहटसहितका संगठनहरूले नगर प्रमुख प्रदीप कुमार यादव, वडा नं. ८ का अध्यक्ष विन्देश्वर राय यादव तथा कार्यपालिका सदस्य सुनिल जयसवाललाई कानुनी दायरामा ल्याई कारबाही गर्न माग गरेका हुन् । दोषीहरूलाई कारबाही नगरिए चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिइएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›